काठमाडौं विश्वविद्यालय र प्याब्सनबीच सम्झौता

0
Shares

ललितपुर ।

काठमाडौ‌‌‍ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बीच मुलुकको शैक्षिक क्षेत्रको शिक्षक तालिम लगायत शिक्षा सुधार विषयमा सम्झौता भएको छ । आज आयोजित कार्यक्रममा काठमाडौ‌ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा वालचन्द्र लुईटेल र प्याब्सनका अध्यक्ष डिके ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सो कार्यक्रममा लुईँटेलले मुलुकमा शिक्षा विषय अध्ययन गर्ने जनशक्ति कम हुँदै जाँदा शैक्षिक क्षेत्रमा लाग्ने विभिन्न विषयगत शिक्षक अभाव हुँदै गइरहेको गुनासो गरी हालका पिडीमा नेपाल बस्नेप्रति रहेको नकारात्मक धारणा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । भन्नुभयो–हामीले निजी क्षेत्रको शिक्षामा सुधार गर्न सम्झौता गरेका हौ । उहाँका अनुसार उत्कृष्ठ विद्यालय भएपनि शिक्षकको अभावको कारण गुणस्तर कमजोर हुदै गएको दाबी गर्नुभयो ।शिक्षकलाई तालिम दिएर गुणस्तर बढाउन र निजी क्षेत्रले गरेको योगदानलाई उचाइमा पु-याउन विश्वविद्यालयले तालिम लगायत विषयमा सहयोग गरेको हो–उहाँको भनाई थियो ।

उसरकारले शिक्षामा नविन कार्यको सुरुआत गर्न नसक्दा र निजी शैक्षिक क्षेत्रमा प्रशाशनिक तन्त्र रहँदा मुलुकमा उत्पादन भइरहेका जनशक्ति मध्ये मात्र २५ प्रतिशत सरकारी क्षेत्रमा संलग्न भइरहेका देखिन्छन् । अबको दिनमा शैक्षिक क्षेत्र विकास र विस्तारका लागि व्यवापक दृष्टिको प्रयोग गर्न जरुरी रहेको र त्यसैकाचे लागि विश्वविद्यालयले प्याब्सनलाई सहयोग गरेको बताउनुभयो ।

प्याब्सन अध्यक्ष ढुङ्गानाले प्याब्सनले शिक्षा र सो क्षेत्रका मानिसको दृष्टिकोणमा सकारात्मकता ल्याउन विभिन्न काम गर्न लागि परेको विचार व्यक्त गर्नुभयो । निजी विद्यालयको शिक्षकको गुणस्तर सुधार गर्न काठमाडौं विश्वविद्यालयसंग सम्झौता गरी तालिम सञ्चालन गर्न लागेका हौ । आफ्नो कार्यकालमा प्याब्सनलाई उत्कृष्ठको नमुना बनाउन प्याब्सनका पदाधिकारी, विद्यालयका शिक्षक, प्रिन्सिपललाई तिरन्तर तालिम र छात्रवृतिमा पढाउने व्यवस्था गर्न लागेको बताउनभयो ।

उहाँले भन्नुभयो–हामीले कसरी मुलुकवासीमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौं भन्ने लक्ष्य अनुरुप मुलुकका सामुदायिक विद्यालय सुधार गर्ने नीति लिएका छौं । राष्ट्रका हरेक शैक्षिक संस्थामा आवद्ध शिक्षक गतिलो नभए शिक्षामा गुणस्तरीयता रहदैन भन्ने धारणा राख्दै उहाँले सोका लागि सम्बन्धीत क्षेत्रमा आवश्यक विशेषज्ञ तयार पार्न लागि परेको सुनाउनुभयो ।

त्यसैगरी विश्वविद्यालयका एसोसिएट डीन धनपति सुवेदीले मुलुकको शैक्षिक क्षेत्रमा रहेका हरेक विषयगत शिक्षकलाई सुधार गर्न के कस्ता सामग्री आवश्यक पर्छ सोको खोजी गरी शिक्षालाई रुपान्तरण गरिनुपर्ने सुनाउनुभयो । प्याबसन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष टिआर ढकालले विद्यालय तहको शिक्षा हाल व्यापारीकिकरण भएर गइरहेको आरोप लगाउँदै सोलाई रोक्न मुलुकका हरेक शैक्षिक क्षेत्र सुधार गरिनुपर्ने बताउनुभयो ।

प्याब्सन केन्द्रीय तालिम संयोजक एवं उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले हरेक वर्ष भारत अध्ययन गर्न जाने मुलुकका १८ प्रतिशत विद्यार्थीलाई आफूहरुले सो अनुकुलको व्यवस्था मिलाईदिएर हाल मात्रै २ प्रतिशतमा झार्न सफल भएको खुशी व्यक्त गर्नुभयो । उहाँले नया कार्यकालसंगै विभिन्न प्रशिक्षणलाई निरन्तरता दिइएको बताउननुभयो । दुवै निकायले सम्झौता अनुसार तालिम लगायतका शिक्षामा सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उक्त कार्यक्रममा मुलुकमा अघि बढिरहेको शिक्षा सुधार तथा सक्षम शैक्षिक जनशक्ति निर्माणका लागि शिक्षकको गुनासो सम्बोधन गरिनाका साथै शैक्षिक क्षेत्रमा आवश्यक जनशक्ति निर्माण गरिने बताइएको थियो । विश्वविद्यालयले प्याब्सनको सिफारिको आधारमा हरेक प्रदेशबाट प्रत्येक वर्ष २८ जनालाई छात्रवृति दिने कार्यक्रम रहेको छ ।