ईन्सेक अर्ध वार्षिक पूर्वसमीक्षा गोष्ठी सम्पन्न



नवलपरासी ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक पूर्वी नवलपरासीले सोमबार अर्धवार्षिक पूर्व समिक्षा गोष्ठी कावासोतीमा सम्पन्न गरेको छ ।

जिल्ला समन्वय, स्थानीय प्रशासन, नेपाल प्रहरी,मानव अधिकारबादी सस्था तथा संचारकर्मीहरु माझ गरिएको समिक्षा गोष्ठीमा जिल्लाको मानव अधिकार गतिविधिका बारेमा चर्चा गरिएको थियो ।

गोष्ठीमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम बिश्वकर्माले समाज रुपान्तरण र मानव अधिकारको रक्षामा सामाजिक चेतनाको विकास अपरिहार्य रहेको बताउनु भयो ।

यसैगरी सहायक प्रजिअ खिमराज भुसालले महिला, बालबालिका लगायत नागरिक सुरक्षाका विषयहरुलाई प्रशासनले गम्भीरताका साथ लिदै आएको बताउनु भयो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रज्वल महर्जनले आम सर्वसाधरण माझ कानुनी साक्षरता पुग्नु अत्यावश्यक भएको कुरामा जोड दिनुभयो । महर्जनले कानुनी साक्षरताकै अभावमा कतिपय मानिस न्यायिक अधिकारको पहुचमा आईपुग्न नसकेको बताउनु भयो ।

ईन्सेक जिल्ला प्रतिनिधि तीर्थराज डुम्रेले जिल्लाको ईन्सेक गतिविधि तथा मानव अधिकार वर्ष पुस्तक २३ अन्तर्गत पछिल्लो ६ महिनामा संकलित मानव अधिकार हननका २७ घटना सार्वजनिक गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्