लमजुङको एक गोठमा आगलागी हुँदा ६ वटा पशुचौपाय मरे



लमजुङ ।

लमजुङमा एक गोठमा आगलागी हुँदा ६ वटा पशु चौपाय निसासिएर मरेका छन् । आज बिहान बेसीशहर नगरपालिका ३ दनाई गाँउका शिवलाल श्रेष्ठको धन्सार गोठमा आगलागी हुँदा छ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीषक एवं सुचना अधिकारी जगदिश रेग्मीले जानकारी दिनुभयो ।

आगोलागी हुँदा गोठको भित्रपट्टि खोरमा रहेका दुई वटा बोका, तिन खसीपाठा र एक वटा बाख्राको माउँ निसास्सिएर मरेका छन् भने एउटा भैँसी घाईते भएको सुचना अधिकारी रेग्मीले बताउनुभयो । उहाँका अनुसार हाल क्षतिको विवरण भने यकिन भएको छैन ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयहरुले आगो नियन्त्रणमा लिएका हुन् । उक्त घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्