छायाँनाथ रारा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजिनक



मुगु ।

मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक २०७९–०८० को नीति तथा कार्यक्रम सार्वजिनक गरेको छ । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमाार भामले ११औँ नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सडक पुगेका वडामा नगरवासीको सेवा प्रवाहका लागि गमगढी, ताल्च, सल्लेरी, बालै, पिना, निगाले ,फुलि, रुगा बामा, घाट हुँदै लुम्स र गमगढी, चराप, गाडा पानि हुँदै रोवासम्म सहुलियत भाडा कायम गरी नगर बस सञ्चालनमा ल्याईने नीतिमा उल्लेख छ ।

एक वर्षभित्र ‘उज्यालो घर हाम्रो नगर’ सञ्चालन गरी र २१औैँ शताब्दीमा पनि अध्यारोमा बस्न बाध्य भएका समुदायका लागि सोलार जडान तथा पानी खोला गयलदेव मिनि हाईर्डोपावर सञ्चालन गरी हरेक बस्तीमा विद्युतियकरण गरिने र उज्यालो गाउँका रुपमा रुपान्तरित गर्न आवश्यक क्षेत्रमा सडक बत्तीको व्यवस्था गर्ने नगरप्रमुख भाम बताए ।

नगरपालिकाभित्रका वडामा प्रथामिक विद्यालय टाढा भई बालबालिकालाई पठनपाठनमा असहज भएका गाउँ वस्तिमा बाल विकास केन्द्र स्थापाना, नगरपालिकाभित्रका सबै विद्यालयमा कम्प्युटर कक्षा तथा ईन्टरनेट जडान गरिनुका साथै विपन्न तथा गरिब परिवारका विद्यार्थीका लागी छात्रावृत्ति सहयोग गर्ने नीति लिएको उनले बताए ।

नगरपालिकाभित्रका दलित घरपरिवारलाई दशैँ भत्ता उपलब्ध गराउने र दशैँ भत्ता वापत पहिलो चरणमा २५ सयका दरले दशैँ भत्ता उपलब्ध गराउने व्यवस्था गरिने छ ।

नगरपालिकामा विपद्, सडक दुर्घटना, बाढी, पहिरो आगलागीको उच्च जोखिममा रहेकाले, विपद् व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै, विपद् व्यवस्थापन कोषको स्थापानालगायत दमकलको व्यवस्था गरिने छ ।प्रथामिक स्वास्थ्य केन्द्र स्यास्थ्य चौकी तथा आयुर्वेद औषधालयको भौतिक अवस्था सुधार र स्रोत साधनमा वृद्धि गरीने भयको छ ।

जिल्ला अस्पातललाई ५० शैयामा स्तरउन्नती गरि विषशेज्ञ सेवा प्रवाह गरिनुका साथै एक वडा एक एम्बुलेन्स सेवाको विस्तार गरिने नगरप्रमुख भामले बताए ।

कृषि उत्पादन वृद्धि गर्न पहिलो खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डीकरण गर्ने तथा सबै खेतीयोग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ ।

दूध, फुल, माछा मासु उत्पादनमा आत्मनिर्भर, कृषि वस्तुको उत्पादनलाई प्राथमिकता र स्याउ, ओखर उत्पादन हुने बामा, ताल्च, शोभा लगायतका स्थानमा कस्मिरे स्याउ, ओखरका बिरुवा रोपि आर्यआर्जनमा वृद्धि गराईने छ ,पर्यटन प्रर्वधनमा जोड दिएर रारा आउने पर्यटकलाई अन्य पर्यटकिय स्थलको भ्रमण गर्न प्रेरित गर्ने नीति लिइएको छ ।

ताल्च विमानस्थलमा एयरर्पोट ट्याक्समा वृद्धि गरिनुका साथै हवाई यात्रा गर्ने यात्रुलाई नगरपालिका अंकित चक्लेट वितरण गरिने व्यवस्था मिलाईने छ ।
पर्यटक आउने मार्गको विस्तार गर्ने पर्यटन क्षेत्रको विकासका लागि रारा आउने पर्यटकलाई जिल्लाका सरोकारवाला निकायको पहलमा चक्रपदको विकास गरी एक बास गमगढीमा बस्न पिना, बालै गमगढी सडकलाई विस्तार गरी रारा जाने वातावरणको सिर्जना गरिने छ ।

यसैबीच नगरपालिकाको समृद्धिका लागि रोजगारी तथा गरिबि निवारण, महिला सशक्तिकरण खानेपानी तथा सरसफाई सामाजिक विकास वातवरण तथा विपद् व्यवस्थापन सुशासन बस्ती विकास युवा स्वरोजगारका कार्यक्रमलाई प्रथामिकता दिई कार्यान्वयनमा ल्याईने छायाँनाथ रारा नगरपालीकाले जनाएको छ ।

बेरोजगार वर्गलाई स्वरोजगार बनाउन मेयर रोजगार कार्यक्रम तथा खेल क्षेत्रको विकास गर्न हरेक वडामा खेल मैदान र नगरपालिकास्तरिय आधुनिक रंगशाला निमार्ण गरीने नगरपालीकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले आगमी असार १५ गते बजेट ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्