पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध



चितवन ।

चितवनको ईच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

मुग्लिन नजिकै नाग्दी खोलामा आइतबार मध्यान्ह १२ः१० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

हाल सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य सुरु भएको छ ।

सडक सुचारु हुन केही समय लाग्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्