केयु योग साधना केन्द्रको १३ औँ बार्षिकोत्सव सम्पन्न

धुलिखेलका प्रमुख र निवर्तमान उपप्रमुखलाई सम्मान



काभ्रे ।

काठमाडौँ विश्वविद्यालय योग साधना केन्द्र धुलिखेल ४ बखुण्डोलको १३ औ बार्षिकोत्सव धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । योग साधना केन्द्र शुरुवात भएको १३ वर्षमा केयु योग साधना केन्द्र मार्फत निलकण्ठेश्वर योग साधना केन्द्र, श्रीखण्डपुर योग साधना केन्द्र, धुलिखेल योग साधना केन्द्र लगायतका ४ वटा साधना केन्द्र शुरुवाती भएको छ ।

बार्षिकोत्सवको अवसर पारी धुलिखेल नगरपालिकामा दोश्रो पटक निर्वाचित प्रमुख अशोक ब्याञ्जुलाई सम्मान सहित बधाई ब्यक्त गरिएको थियो भने निवर्तमान उपप्रमुख एवं साधना केन्द्रका संस्थापक विमला शर्मालाई पनि सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनालाई पनि सम्मान गरिएको थियो ।

संस्थापक संरक्षक खाईवा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग साधना केन्द्रले विगत वर्षहरुमा गरिरहेका गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो । साधना केन्द्रले २७ जना असाहयहरुलाई उपचार तथा जिविकोपार्जनका लागि सहयोग गरिसकेको संस्थापक विष्णु शर्माले बताउनु भयो । ब्यक्तिलाई स्वस्थ राख्न मात्रै नभई समुदायमा सकारात्मक सोचको विकास र समुदायमा सामाजिक भाव जगाउन योग साधना केन्द्र निरन्तर कृयाशिल भएको संरक्षक खाईवा लामाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले योग केवल शरिर घटाउने हिसावले मात्रै नलिई योग र साधनाको महत्व दर्शाउन नियमित प्रवचन आवश्यक रहेको बताउनु भयो । ब्यक्तिले पहिले आफूलाई चिन्न सक्नु पर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले योग साधनाका लागि विभिन्न क्षेत्रबाट समन्वय र सहकार्य गर्ने बताउनु भयो । धुलिखेल योग साधना केन्द्रले १२ वटै वडामा आयोजना गर्न लागेको योग शिविरलाई नियमित गर्न, विद्यालयमा शुरु भएको योगाभ्यासलाई अन्य विद्यालयमा शुरु गर्न तथा बालबालिकाहरुलाई पाठ्यक्रममा भएको योगलाई ब्यवहारमा उर्तान आवश्यक पर्ने जनशक्ति तथा पूर्वाधारका लागि नगरपालिका समन्वय र सहजिकरण तयार रहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेलले शुरु गरेको स्वस्थ शहर कार्यक्रमलाई प्रभावकारी बनाउन योग एउटा माध्यम हुने भएकाले सबै ब्यक्तिहरुलाई योग र साधनामा जोडन साधना केन्द्रहरुको विस्तार र नियमितता जरुरी रहेको उहाँले बताउनु भयो ।

निवर्तमान उपप्रमुख विमला शर्माले समुदायमा सामाजिक कार्यको शुरुवात गर्दा केही कठिनाई हुने भए पनि शुरु भए पछिको निरन्तरताका लागि केहि ब्यक्तिहरुको योगदान महत्वपूर्ण हुने बताउनु भयो । धुलिखेल केयु योग साधना केन्द्रको स्थापनादेखि अहिलेसम्म निरन्तर विभिन्न क्षेत्रबाट सहयोग पु¥याई साधना केन्द्रलाई निरन्तर संचालन गर्न सहयोग पु¥याउने ब्यक्ति तथा सघ संस्थालाई निवर्तमान उपप्रमुख विमला शर्माले धन्यवाद दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले समुदायमा हुने गरेका विभिन्न अपराध नियन्त्रणमा योग र योगको अभ्यास महत्वपूर्ण हुने बताउनु भयो । ब्यक्ति आफूले आफैलाई खुशी राख्न नसकेको अवस्थामा योगले ब्यक्तिलाई खुशी, सुखी र स्वस्थ बनाउन सहयोग पु¥याउने तिमल्सिनाले बताउनु भयो ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालयमा कार्यरत डा. दिल गुरुङ, पतञ्जली योग समिति काभ्रेका जिल्ला सदस्य भवानी गुरुङ, साधना केन्द्रका संरक्षक खाईवा लामा, विष्णु शर्मा, धुलिखेल नगरका पद्मा श्रेष्ठ, राधेश्याम श्रेष्ठ, श्रीखण्डपुर योग साधना केन्द्रका जयराम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
१३ औ बार्षिकोत्सव साधना केन्द्रहरुमा विभिन्न बार्षिकोत्सवका साथ मनाईने सहभागिहरुले जानकारी दिएका छन् । योग साधनाका लागि विश्वविद्यालयले निशुल्क हल उपलब्ध गराउँदै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्