विपदसँग सम्बन्धित कृतिम घटना अभ्यास



लमजुङ।

लमजुङमा विपदसंग सम्बन्धित कृतिम घटना अभ्यास तथा तालिम भएको छ । जिल्लास्थित सुरक्षा समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाढीले बगाएकाको व्यत्तिको उद्धार तथा उपचार सम्वन्धी नमुना अभ्यास गरेको हो ।

बेसीसहरस्थित नगरपालिका १ उदीपुर स्थित मर्स्यङदी जलविद्युत केन्द्रको बाँध क्षेत्रमा सो अभ्यास भएको हो । नदिमा बाढीले बगाएकाको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृतिम नमुना अभ्यास भएको हो । बाढीले बगाएको अवस्थामा तत्काल गरिने खवर, प्रारम्भिक चरणमा गरिने खोज उद्धार, घाईतेलाई अस्पताल पु¥याउनु अघि गर्न सकिने प्राथमिक उपचार र अस्पताल सम्म पु¥याउन गरिने सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास भएको हो ।

नेपाली सेनाको चण्डिप्रसाद गण, सशस्त्र प्रहरी रानीकुवा, र नेपाल प्रहरीको विशेष टोलिको समन्वयमा नमुना अभ्यास भएको हो । बाढी पहिरो आउँदा कसरी र कुनकुन माध्यम उपयोग गरेर उद्धार एवं सहयोग कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको लमजुङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले बताउनुभयो । प्राकृतिक तथा अन्य विपत्तिबाट छिटोछरितो जोगिन र जोगाउनका लागि तत्काल अपनाउन सकिने विधि र प्रक्रिया अपनाई सिमुलेसन गरिएको प्रजिअ बैद्यको भनाई छ ।

करिब डेढ घण्टाको नमुना अभ्यासका क्रममा एकजना महिला घाँस काट्ने क्रममा भिरबाट लडेर मस्र्याङदी नदिमा बगेपछि स्थानियले देख्छन् र उनीहरु चिच्चाउँदै हार गुहार माग्न थाल्छन् । सोही बेला एक व्यक्ती उद्धारको निम्ती नदिमा जाँदा उनलाई पनि बगाउछ । सोहि बेला कुनै एक स्थानियले प्रहरीलाई खवर गर्छ ।
प्रहरीले मानिस बगाएको जानकारी पाउने वित्तिकै सुरक्षा समितीमा जानकारी गराई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुग्छन र उद्धारमा खटिएका थिए । नदीमा बगेका दुईजनालाई केही सुरक्षाकर्मीले डोरीबाट हाम फालेर, केही डुंगामा चढेर, केही पौडिँदै गएर उद्धार गरी, प्राथमिक उपचार गरेर अस्पतालसम्म पु¥याउने अभ्यास भएको थियो ।

नमुना अभ्यास सम्पन्न भएसँगै आयोजित औपचारिक कार्यक्रममा बोल्दै सुन्दरवजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोईरालाले विपद प्रतिकार्यका सन्दर्भमा प्रत्येक वडाहरुमा तालिम प्राप्त जनशक्ती तयार गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला सदरमुकाम मात्रै विपद व्यवस्थापन जनशक्ती तयार गरेर ग्रामिण भेगका सम्भावित समस्या समाधान नहुने भन्दै प्रत्येक गाउँमा यस विषयमा प्रशिक्षण आवश्यक रहेकोमा नगर प्रमुख कोईरालाले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्