निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीमाथि बाघको आक्रमण



चितवन ।

सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिनुभयो ।

उनको उद्धारका लागि इलाका प्रहरी कार्यालय दिव्यनगर, इप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको उनले बताए । खोजतलासको लागि जंगलभित्र जान हात्ती पनि मगाइएको उहाँले जानकारी दिनुभयो ।चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्