ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको हो : प्रचण्ड

0
Shares

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् ।

आज पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीसँग र हामो गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । कुनै सैन्य सम्झौता हुने छैन । यो घोषणा गर्न चाहन्छु ।’ ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो हामी सबैले बुझ्न जरुरी छ ।’

उनले यो गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने बताए ।