क्षमता अभिवृद्धि तालिम

0
Shares

भक्तपुर । अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चार दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ ।

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।

‘व्यावसायिक क्षमता अभिवृद्धि गरी बस्तु आयात र निर्यात सम्बन्धिको ज्ञान दिने लक्ष्यले कार्यक्रम गरेको भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए ।

चेम्बरले भक्तपुरमा उत्पादन हुने तोरीको तेल, जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी लगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।

तालिम कार्यक्रम पश्चात् स्थानीय स्तरमा उत्पादित वस्तुलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना हुने अध्यक्ष मानन्धरको विश्वास रहेको छ ।

त्यस्तै, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके समग्र देशमा हुने वस्तु आयातको दर कम हुने बताए ।

अहिलेको अवस्थामा निर्यातभन्दा अयात १० गुणाले बढीरहेको भन्दै राणाले यसप्रति चिन्ता व्यक्त गरे ।

तालिममा २५ जना व्यवसायीहरु सहभागीता रहेको छ ।