मुद्रा संकलक संघको अध्यक्षमा दिनेशराज मास्के

0
Shares

ललितपुर ।

मुद्रा संकलकहरुको एकमात्र राष्ट्रिय स्तरको संस्था नेपाल मुृद्रा संकलक संघको १७÷१८ औं वार्षिक साधारणसभाले दिनेशराज मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा भूमीनन्दन कर्माचार्य,महासचिव,दिपेन्द्ररत्न शाक्य,कोषाध्यक्ष किशोर शर्मा रहनुभएको छ ।

समितिको सदस्यहरु अभिषेक श्रेष्ठ,मिलन चन्द्र जोशी,सागर भुषाल,संजय अर्याल,सुधीर श्रेष्ठ हुनुहुन्छ ।

यसअघि साधारण सभामा संयुक्त राष्ट्र संघमा आबद्ध १ सय ९३ राष्ट्रहरुको मुद्रा तथा सिक्काहरु संकलन गरी विश्व किर्तिमान राख्नु भएकोमा बरिष्ठ संकलक श्री दिपेन्द्ररत्न शाक्यलाई कदर–पत्र प्रदान गरिएको थियो। सभामा मुद्रा संकलनमा विशेष योगदान पु¥याए वापत सागरमान श्रेष्ठ, गिरिमान शाक्य,भुवनेश कुमार प्रधान र पुण्यरत्न स्थापितलाई सम्मान गरिएको थियो ।