खप्तड–शैलेश्वरी म्याराथनमा शाही प्रथम

0
Shares

डोटी । 

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको खप्तड–शैलेश्वरी म्याराथन २०७९ प्रतियोगितामा सुशीलकुमार शाही प्रथम हुनु भएको छ ।

सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९’ नाम दिइएको उक्त दौडमा भवानी बक्स गण अछामका अमलदार शाही प्रथम भए । शाहीले म्याराथन दौड २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा पुरा गरेका हुन् । यसैगरी उक्त म्याराथनमा दितियमा रणबम गण डडेल्धुराका सिपाही नरेशसिंह बोहरा तथा तृतीय स्थानमा रणबम गणकै सिपाही रामसिंह पाल रहेका थिए । बोहराले २ घण्टा ३० मिनेट ५७ सेकेन्ड र पालले २ घण्टा ३२ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पुरा गरेका थिए ।
उक्त म्याराथनमा ४० जना प्रतियोगी (धावक) र अन्य ८० जना धावकहरु (रन फर फन) गरेर एक सय २० जना सहभागी रहेका थिए । म्याराथनमा प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमशः एक लाख, ७५ हजार, ५० हजार प्राप्त गरे । यसैगरी ५ जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइएको थियो भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरुप ३ हजारका दरले रकम उपलब्ध गराएको थियो ।