सुनसरीमा बस दुर्घटना : २५ जना घाइते, दुइको अवस्था गम्भीर



इनरुवा ।

सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्