मोटरसाइकल वर्कसपमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति



लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउडिबारमा मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । अधिकारी मोटरसाइकल वर्कसपमा सोमबार बिहान अन्दाजी पौने ५ बजेको समयमा आगलागी भएको हो ।

आगलागी हुदा ७ वटा पुरानो कवाडी मोटरसाइकल, सर्भिसिङका लागि राखीएको एउटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताउनु भयो ।

सिसिटिभि फुटेज हेर्दा विद्युतको पोलमा तार सर्ट भएर आगालागि भएको देखिएको छ । प्रहरीले बिहान आगलागी भएको सूचना पाए लगत्तै प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्