अर्किडलाई हाइली एसईई उपाधि

0
Shares

काठमाडौं ।

अर्किड स्कुलले प्रथम हाइली एसईई कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङलिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित ग-यो ।

अर्किडका शितल कार्की र योगेश विष्टले समान १–१ गोल गरे । शितल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा अर्किडका अमन कार्की उत्कृष्ट गोलरक्षक तथा अर्किडकै दिल तामाङ उत्कृष्ट प्रशिक्षक चुनिएको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।गल्र्समा गोठाटार इङलिस बोर्डिङ स्कुलले मानांक चिल्डे«न प्याराडाइसलाई १–० गोलले फाइनलमा हराउँदै पहिलो भयो ।