कालिकोटको विकट गाउँमा खानेपानीको चरम अभाव

0
Shares

कालिकोट ।

पचालझरना गाउँपालिका–५ मा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको मुहानमा पहिरोका कारण पाइपमा क्षति पुगेपछि दुइ महिना देखि ब्रामण टोल र शाही टोलका ६७ घरधुरीमा खानेपानीको चरम अभाव भएको हो ।

मान्छेलाई पिउने पानी त दुइ घण्टाको पैदल बोकेर ल्याउने गरिन्छ तर आकाशे पानीको भरमा मकै लगायतका अन्य खेतीवालीहरु लगाउने गरेपनि पशुचौपायालाई दिने पानीको समेत अभाव भएको सोही ठाउँका स्थानीय रत्नलाल आचार्यले दुखेसो पोख्नु भयो । उनका अनुसार धान रोपाई गर्ने, विभिन्न किसिमको सिँचाई गर्ने पानी पाउँनु सपना देख्नु मात्रै हो ।

०६५ साल यता खाने पानीमा कुनै पनि सरोकारवाला निकायहरुको ध्यान नपुगेको स्थानीय नागरिकहरुले गुनासो गर्नु भएको छ । ०७४ सालको चुनावमा खानेपानी, सडक, विद्युत, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने भन्दै प्रतिबद्धता गरेका जनप्रतिनीधिहरुले हालसम्म ब्रामण टोल र शाही टोलमा बनेका कुनैधारा मर्मतको लागि पनि सहयोग नगरेको स्थानीयले बतएका छन् ।

यसका बारेमा पचालझरना गाउँपालिका अध्यक्ष देबराज शाहीले आफू नयाँ निर्बाचित भएको र खानेपानी समस्याका बारेमा जानकारी नभएको समस्याबारे बुझेर तत्काल समाधनको लागि पहल गर्ने बताउनु भयो ।

०६५ सालमा राखिएका पाइपलाईनहरु बाढीपहिरोका कारण क्षेतविच्छेद भए पनि नागरिकहरुले टालटुल गर्दै पानी ४–५ दिनको १ दिन पानी पाएपनि अधिकांस दिन टाढाबाटै बोकेर खानु परेको छ ।