चाँगुनारायणका उपप्रमुख बुढाथोकीले दिए अस्पताललाई सुविधाको गाडी

0
Shares

भक्तपुर ।

कतिपय जनप्रतिनिधि सुविधामुखी भए भन्ने जनगुनासो सुनिन्छ । उनीहरुका महँगा गाडी चढ्ने मोह पनि बेलाबखत चर्चामा आएकै हुन् । तर सबै जनप्रतिनिधि उस्तै सुविधाभोगी सोच र शैलीका हुन्छन् भन्ने पनि होईन ।
यसैबीच चाँगुनारायण नगरपालिकाले यस्ता जनप्रतिनिधि पाएको छ जसले आफ्नो सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्न दिएका छन् । उनी हुन् उपप्रमुख रमेश बुढाथोकी ।

उप–प्रमुख बुढाथोकीले आफ्नो पूर्वघोषणा अनुरुप आफूले नगरपालिकाबाट पाउने गाडी सुविधा चाँगुनारायण अस्पताललाई हस्तान्तरण गरेका छन् ।
निर्वाचित हुनुअघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए । उनले एक कार्यक्रम बिच उक्त बा २ झ १६२३ को गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका छन् ।

उनले उक्त गाडी नगर क्षेत्र भित्र रहेका वृद्धवृद्धा,अपांग,अशक्त,दिर्घरोगी,असहाय बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको बताए ।उनले आफूले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गर्ने बताउँदै नगर क्षेत्रका गरिव तथा जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्गता भए अशक्त व्यक्तिहरुको वृद्धि विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवं स्वरोजगारको क्षेत्रमा खर्च गर्ने बताए ।

उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । उनले निजी गाडि सरकारी कामकाजको लागि प्रयोग गरिरहेका छन् ।