लामो समय सरकारी रकम दाखिला नगर्दा जरिबाना



रौतहट ।

महालेखा परिक्षकको कार्यालयले हर्जना बापत तोकेको रकम डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरले अझै दाखिला नगर्दा बेरुजु रकम कायम रहेको छ । आर्थीक बर्ष ०७७÷०८ मा बनपैदाबर आपुर्ती समितिको नगदी रसिद बाट संकलन भएको १३ करोड १९ लाख ९ हजार ६ सय ३५ रुपैया राजश्व रकम म्याद भित्र दाखिला नगरेको भन्दै महालेखा परिक्षकको कार्यालयले १३ लाख १९ हजार ९ सय ६४ रुपैया जरिवाना तिराउन बेरुजु देखाएपनि अझै दाखिला भएको छैन ।

डिभिजन बन कार्यालयका निमित प्रमुख अमरदेब प्रसाद यादब ०७७ चैत्र ८ गते देखि कार्यरत रहनु भएको छ । राजश्व संकलन भएको रकम कर्मचारीले लामो सयम आफनै जिम्मामा राखेर ०७८ स्राबण १२ गते देखि कार्तिक ८ गते सम्म पटक पटक गरी नौ वटा बैक भौचरबाट दाखिला गरेको महालेखा परिक्षकको कार्यालयले उल्लेख गरेको छ ।

आर्थीक कार्यबिधि तथा वित्तिय उत्तरदायि उतरदायित्व ऐन ०७६ को दफा २८ मा आफनो जिम्मामा आएको सरकारी नगद सोही दिन वा त्यसको भोलिपल्ट यथास्थानमा दाखिला नगरेको देखिन आएमा सम्बन्धित कार्यालय प्रमुखले १० दिन भन्दा बढी ढिलो गरेको भए १० प्रतिशतको दरले जरिवाना गरी दाखिला गर्न लगाई कसुरको मात्रा अनुसार प्रचलित कानुन बमोजिम विभागीय कारबाही समेत गराउन सक्ने कानुनी प्राबधान रहेको छ । तर, महालेखा परिक्षकको कार्यालयले जरिबाना तोकेको रकम डिभिजन बन कार्यालयले दाखिला गर्न चासो देखाएको छैन ।

डिभिजन बन कार्यालयका निमित प्रमुख अमरदेब प्रसाद यादब ०७७ चैत्र ८ गतेदेखि कार्यरत रहनु भएको छ । वन पैदावार आपूर्ति समितिका प्रमुख बिमल ठाकुरले राजश्व रकम समयमा दाखिला गर्न नसक्दा कमजोरी भएको बताउनु भयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्