संचार विधेयक पास भएपछि संचारकर्मी र संचार संस्थाले समस्या भोग्न नपर्ने : मन्त्री शर्मा

0
Shares

बुटवल ।

वातावारण पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार तेजेन्द्र केसी पुरस्कृत हुनु भएको छ । आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाई, निवर्तमान अध्यक्ष यानेन्द्र जिसी लगायतले पत्रकार केसीलाई पुस्कार प्रदान गर्नु भएको हो । पुस्कारको राशी २५ हजार नगद रहेको छ ।
लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहनु भएका केसी रातोपार्टीका लुम्बिनी प्रदेश प्रमुख र बुटवलबाट प्रकाशित दैनिकपत्र आवद्ध रहदै आउनु भएको छ् ।

अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावारण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो बनाएर वातावरण सम्बन्धी क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिदैँ आएको छ ।

सोअवसरमा मन्त्री शर्माले सवै क्षेत्रका विज्ञको सल्लाहमा प्रदेशको वजेट वनाउन लागिएकोले हरेक क्षेत्रलाई वजेटमा प्राथमिकतामा राखिएको बताउनु भयो ।
प्रदेशमा संचार विधेयक संसदमा प्रस्तुत भएर पास हुने क्रममा रहेकाले अगामी दिनमा संचार कर्मी र संचार संस्थाहरुले समस्या भोग्न नपर्ने मन्त्री शर्माले बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य विनोद पहाडी ,वरिष्ठ पत्रकार डा.वालकृष्ण चापागाई, रेखा भुसाल, यानेन्द्र जिसी माधव ढुगांना, वनअधिकृत सूर्य प्रसाद मैनाली, विश्वास ढकाल, विनोद परियार र पुरष्कृत व्यक्तित्व केसीले वातावरणको संरक्षण गर्न नसके विश्वमा भयावह अवस्था आउने तर्फ सरोकारवाला निकाय गम्भिर हुन सुझाव दिनु भयो ।