भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु


काठमाडौं।

भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्यान गएको छ । धार्चे-३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो ।

भीरबाट खसेको ढुंगा लागेर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले बताए ।