नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको पाँचौ बार्षिकोत्सव सम्पन्न

0
Shares

काठमाडौँ ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले आफ्नो स्थापनाको पाँचौ बर्ष पूरा गरेको छ । ललितपुरको हरिसिद्धिमा रहेको उक्त अस्पतालको पाँचौ बार्षिकोत्सव विविध कार्यक्रमका साथ काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने मूल नाराका साथ उक्त अस्पताल स्थापना गरिएको र अस्पतालले पाँचौ बर्ष पूरा गरेको संस्थापक तथा कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले बताउँनुभयो । उहाँले नेपालकै एक उत्कृष्ट क्यान्सर अस्पतालको रुपमा अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमा नै उपलब्ध गराउँने अस्पतालको मूल उदेश्यले रहेको बताउनु भयो।

उदेश्य प्राप्तीका लागि केयर वीद् एक्सीलेन्स नाराका साथै सेवा र सुविधा उपलब्ध गराउँदै आएकै कारण धेरै नेपालीले क्यान्सर उपचारका लागि विदेशीनु परेको छैन । यीनै दृढ संकल्पलाई सार्थक बनाउँन लागि पर्ने यस अस्पताल परिवारको लगशिलताकै कारण आज नेपालको क्यान्सर अस्पतालले विश्व सामु आफ्नो पहिचान उत्कृष्ट क्यान्सर उपचारका क्षेत्रमा काम गर्न सफल अस्पतालका रुपमा परिचित हुन सफल भएको छ उहाँले भन्नु भयो।

सो कार्यक्रममका प्रमुख अथिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सविच डा.रोशन पोखरेलले नेपाल क्यान्सर अस्पतालले परिकल्पना गरेको नेपालीको क्यान्सर उपचार नेपालमा नै भन्ने मूल नारालाई केही पुरा गरेको र अझै धेरै पुरा गर्न बाँकी रहेको र यो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो अस्पतालसग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो।

उहाँले क्यान्सर अस्पतालको हाल भएको १ सय बेडबाट थप १ सय बेड स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको र भन्सार छुटमा समेत तयारी भएकाले नेपाल क्यान्सर अस्पतालले नेपालकै पहिचान राख्ने गरी काम गर्न सकोस भन्नुभयो । उहाँले नेपाल सरकारले जसरी क्यान्सर रोगका बिरामीलाई आर्थिक सहुलियतको व्यवस्था गरेको छ अस्पतालले पनि सक्दो सहयोग गरी अनुसन्धान र प्रिभेनिटभ सेवा दिन सकोस भन्नुभयो ।

कार्यक्रममा अस्पतालका सिईओ डा.बच्चु कैलाश कैनीले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने संचालक सिमितिका सदस्य महेश्वर श्रेष्ठले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा विभिन्न समयमा संचालित खेलकुद कार्यक्रम, रक्तदान, वाकाथन लगायतका खेलकुद, निवन्ध प्रतियोगितामा उत्कृष्ट हुनेलाई पदकद्धारा सम्मान गरिएको थियो । साथै ८ बर्ष काम गरेका कर्मचारीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । सोही अवसरमा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।