संघीयता कार्यान्वयनको प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत, कार्यान्वयन गर्न सरकारलाई निर्देशन



sf7df8f}F, !( h]7M /fli6«o;ef a}7s /fli6«o;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuLx¿ . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज (बिहीवार) बसेको राष्ट्रिय सभा बैठकले स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

संकल्प प्रस्तावमा सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए ।

यता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान गएको बताएका छन्

प्रतिक्रिया दिनुहोस्