धुले मैदानमा हुम्लाका खेलाडी व्यस्त


हुम्ला । 

हुम्लाका पूर्वधारविना खेलाडीहरू धुले मैदानमा रमाउन बाध्य छन् । हुम्लामा कलिला खेलाडीहरू धुलाम्मे खेल मैदानमा फुटबल खेलको अभ्यास गरिरहेका छन् ।

फुटबलको अभ्यास र तालिम लिनका लागि रंगशाला व्यवस्थित नहुँदा उनीहरू धुलाम्मे मैदान खेल्दै आएका छन्।
ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहेकी १३ वर्षकी सविस्ता रावतले बाध्यताले धुलाम्मे मैदानमा सिक्दै गरेको बताइन् । बिहान र बेलुका शनिबारबाहेक दैनिक प्रशिक्षण लिइरहेको बताइन्।दुई सिफ्टमा आफूजस्तै ८० जना बालबालिकाले ग्रासरुट फुटबलको प्रशिक्षण लिइरहेको उनले जानकारी दिइन्। मैदान व्यवस्थित नहुँदा चोट लाग्ने र कपडा फोहोर हुने भए पनि खेलाडीहरू रमाएरै खेलिरहेका छन्।

हुम्ला फुटबल एकेडेमीका प्रशिक्षक विष्णु रावतले प्रशिक्षण गर्ने मैदानको अभावमै अधूरो ढुंगा माटो भएको खेल मैदानमा खेलाडी प्रशिक्षण लिइरहेको बताए।अन्य जिल्लामा रंगाशाल व्यस्थिति निर्माण गरेका छन् तर हुम्लामा भने जस्तो खेलाडी लाई अझै कष्टपूर्ण मैदानमा फुटबल खेल्न बाध्य प्रशिक्षक रावतको भनाइ छ ।हुम्लामा फुटवल प्रतियोगिता अवलोकन गर्न सजिलोका निम्ति काठकोे प्याराफिट निर्माण गरेर भए पनि खेल्नुपरेको छ । मापडण्ड अनुसारको रंगशाला नहुँदा हुम्लाका खेलाडीले भनेजस्तो प्रगति गर्न सकेका छैनन् ।

खेलमैदानमा करौडौं रुपैंयाँ खर्च गरेर रंगशाला निर्माण गरेतापनि साँगुरो मापदण्ड अनुसार नबनाएले फुटवल खेल प्रतियोगिता सञ्चालन गर्नुपरेका आयोजकहरुको भनाइ छ । सिमकोट सिमसंगै बनेका हिलाम्मे, धुलाम्मे र ढुङ्गासहितको मैदानमा जोखिमपूर्ण फुटबल खेल्न खेलाडी बाँध्य भएको बताएका छन् ।व्यवसायिक खेलाडी उत्पादनका लागि गाँउघरमा वार्षिक एक दर्जनभन्दा बढी फुटबल खेल आयोजना हुने गरेका छन् । हालै स्थानीय तहका जनप्रतिनिधिहरूले हुम्लामा आधुनिक र व्यवस्थित खेलका लागि रङ्गशाला निर्माणमा पहल गरी धुले मैदान विस्थापन गर्न जरुरी छ । हुम्ला फुटबल एकेडेमीले उक्त प्रशिक्षणको गराइरहेको छ।