मोदीको एप्रोभल रेटिङ महामारीयताकै उच्च


एजेन्सी । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड–१९ महामारीयताकै उच्च देखिएको छ । लोकलसर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणमा सहभागी ६४ हजार मानिसमध्ये ६७ प्रतिशले मोदीले कठिन समयमा आफ्ना बाचा पूरा गरेको बताए । कोभिडका कारण अस्पताल र शवगृह अस्तव्यस्त हुँदा मोदीले आफ्ना बाचा पूरा गरेको ती सहभागीले बताए ।

मोदीको एप्रोभल रेटिङ सन् २०२१ मा ५१ प्रतिशत र २०२० मा ६२ प्रतिशत थियो । सोही समयमा भारत महामासँग लडिरहेको थियो ।

के भारत सरकार कोभिड–१९ संक्रमणको तेस्रो लहरलाई ह्यान्डल गर्न राम्रोसँग तयार थियो रु भन्ने प्रश्नको जबाफमा अधिकांश सहभागीले सकारात्मक जवाफ दिएका थिए ।३७ प्रतिशतले बेरोजगारी व्यवस्थापनमा सरकारमाथि विश्वास बढेको बताए भने ७३ प्रतिशतले भारतमा आफ्नो र आफ्नो परिवारको भविष्यप्रति आशावादी रहेको बताए ।

त्यस्तै, ५० प्रतिशतले भारतमा व्यवसाय गर्न सहज भएको बताएका थिए भने ६० प्रतिशतले साम्प्रदायिक सद्भाव सुधार गर्न सरकार प्रभावकारी भएको उल्लेख गरे ।यो मूल्यांकन मोदी सरकारको लागि सुखद सावित हुनेछ । सन् २०२४ मा हुने लोकसभा निर्वाचनमार्फत मोदी नेतृत्वको भाजपा पुनः शक्तिमा आउने दाउमा छ ।