बजेट र स्थानीय तहको चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

0
Shares

काठमाडौं । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

स्थानीय तह निर्वाचन र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्री संयोजक परियारले बताए ।

बैठक दिउँसो ३ बजे बस्दैछ ।