गणतन्त्र दिवसमा वडा १८ मा झण्डोत्तोलन


ललितपुर ।

ललितपुर महानगरपालिका–१८ ले १५ औ गणतन्त्र दिवस मनाएको छ । वडा कार्यालयमा झण्डोत्तोलन र दीपावली सहित गणतन्त्र दिवस मनाएको हो ।
सैबुस्थित वडा कार्यालयमा वडा अध्यक्ष दामोदर खड्काले झण्डोत्तोलन गरी गणतन्त्र दिवस मनाएको हो । भण्डोत्तोलन समारोह पछि बोल्दै अध्यक्ष खड्काले देशमा गणतन्त्र ल्याउन सबै राजनीतिक दलले गरेको योगदान अविष्मरणीय रहेको बताउनुभयो ।

उहाँले गणतन्त्र ल्याउने शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले भन्नुभयो–हामी हरेकवर्ष आजकै दिन वडा कार्यालमा गणतन्त्र दिवस मनाउने निर्णय गरेका हौ ।कार्यक्रममा वडा सचिव निरन श्रेष्ठ, सदस्यहरु रुकमणी महर्जन, राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवर लगायतको उपस्थिति रहेको थियो ।