मोरङ ।
प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि मोरङको रंगेली तनावग्रस्त भएको छ।
मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेलीमा तनाव सृजना भएको हो।
मतगणनामा धाँधली गर्न खोजिएको भन्दै राजनितिक दलका कार्यक्रमहरुले विवाद सृजना गरेपछि प्रहरी र कार्यकर्ताबीच झडप भएको हो।
मतगणना स्थलको सुरक्षा अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।
रङ्गेली नगरपालिका वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा (एमाले) बाहेकका राजनितिक दलका कार्यकर्ताहरूले विरोध गर्दै आइरहेका थिए । सोही कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित गर्नुपरेको थियो । कुल ३२४२ मत खसेको रङ्गेली–७ मा मतगणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद सुरु भएको हो ।











प्रतिक्रिया