भक्तपुरको मध्यपुर थिमिमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजय


भक्तपुर ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजय भएका  छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी भएका हुन्  ।

मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन् । अहिलेसम्म सात वटा वडाको मतगणा सकिसकेको छ । अब वडा नम्बर ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणणा बाँंकी छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खसेको छ। यो दुवै वडामा एमाले बलियो मानिँदैन । यसअघि यहाँ नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो । यही कारण कांग्रेसको मेयर सुरेन्द्र विजयी नजिक पुगेको हो ।

सुरेन्द्रलाई पछ्याउँंदै गएका एमालेका मदनसुन्दर श्रेष्ठ निवर्तमान मेयर हुन् । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट यसअघिको स्थानीय निकायको निर्वाचनमा उनी भारी मतले मेयरमा विजयी भएका थिए ।

मध्यपुर थिमि नगरपालिकामा हालसम्म कांग्रेसले वडा नं १, २, ३, ५ र ६ गरी पाँंच वडामा अध्यक्ष जितिसकेका छ भने एमालेले वडा नम्बर ४ र ७ गरी दुई वडामा अध्यक्ष जितेका छ । नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाई जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाइँ हुन् ।