बालेन शाहको जीत-हारमा खसी बाजी राख्ने दुई जना पक्राउ

0
Shares

खोटाङ ।

बालेन्द्र साहको जीत-हारमा खसीको बाजी गर्ने खोटाङका दुई जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विजय फुयाल र रमेश खड्का जेठ २ गते दिउँसो पक्राउ परेका हुन् ।

उनीहरुले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका बालेन्द्र शाहले चुनाव जिते वा हारे २८ किलोको खसीको लिखित गरेरै बाजी राखेका थिए । यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । उनीहरुलाई पक्राउपछि अनुसन्धान थालिएको डिएस्पी लम्सालको भनाई छ ।