पूर्वमन्त्री टेकबहादुर बस्नेत दुर्घटनामा परी घाइते

0
Shares

दाङ ।

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् । सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतसहित १० जना घाइते भएका छ्न् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।