एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट


चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आरबीबी– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग – २०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । महिला भलिबलले गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एसियन गेम्सका लागि महिला भलिबललाई पनि समाविष्ट गर्ने निर्णय भएको छ ।

पहिला चरणमा छनोट हुन सफल खेलाडीहरूमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनीता खड्का, संगम महतो, कविता भट्ट, मनीषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगति नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पूजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, वाल्मिका आचार्य, भुवनेश्वरी चन्द, एञ्जिला प्रधान, सलिना बुढामगर, रेश्मा भण्डारी, हीरा के.सी., उषा विष्ट, मनीष खाँड रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्ज्वलबहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।