छुट्टाछुटै आक्रमणमा एमालेका ४ जना घाइते

अदालतले फरार सुचीमा राखेकाहरुको समेत आक्रमणमा सम्लग्नतामा

0
Shares

धादिङ ।

त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा एमाले कार्यकर्तामाथी गठबन्धनका कार्यकर्ताले मंगलबार साँझ आक्रमण गर्दा ४ जना गम्भीर घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा एमालेको घरदैलो र्यालीमो साँझ आक्रमण भएको थियो ।

आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ का २५ वर्षीय हरी श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते हुनुभएको छ। घटनाका घाइतेहरुको अवस्था गम्भीर भएकोले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाण्डौ स्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।आक्रमणमा सामान्य घाइते १० जना भन्दा बढी रहेको नेकपा एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरी पन्तले जानकारी दिनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ का नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भिमप्रसाद भट्टले एमाले जुलुसमा खुँडा ल्याएरप्रहार गरेपछि आक्रमण भएको थियो । आक्रमणमा जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा दोष्ी ठहर गरि फरार भएका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दिपक उप्रेती र श्रीकृष्ण खड्का समेत सहभागि भएको प्रत्यक्षदर्शी पन्तले टेलिफोनबाट जानकारी दिनुभयो ।

एमालेको र्यालीमा आक्रमण भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको जनपथ प्रहरी र ससस्त्र प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले प्रयोग गरेको सवारी साधनमा समेत आक्रमण भएको छ । वडा अध्यक्ष उम्मेदवार भट्टको घरको छतमा आक्रमण गर्ने उद्देश्यले ढुंगा समेत राखिएको र एकै साथ जम्मा भएर बसेका काँग्रेस कार्यकर्ताहरुले हमला गरेको प्रत्यक्षदर्शी एमाले गाउँपालिका उपाध्यष उम्मेदवार संगिता कुमालले बताउनुभयो ।

घटनाका सम्बन्धमा प्रहरीले घटना नियन्त्रणमा लिएको जनाएको छ । शान्तिपूर्ण जुलुसमा एक्कासी आक्रमण गर्ने विरुद्ध इलाका प्रहरी कार्यालय सल्यानटारमा उजुरी गरिने उपाध्यक्ष उम्मेदवार कुमालले बताउनुभयो । प्रहरीले कसैलाई पनि गिरफ्तार गरेको छैन । यसैगरि सिद्धलेक गाउँपालिका–५ बाघबचछला नजिकैँ एमाले कार्यकर्ता माथी आक्रमण हुँदा गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा एमाले कार्यक्रम सकेर घर जाँदै गरेका सिद्धलेक गाउँपालिका –५ निवासी २६ वर्षीय राकेश श्रेष्ठलाई माथी आक्रमण भएको थियो । रडक रढुंगामुढाले आक्रमण गर्दा घाइते भएका श्रेष्ठको मलेखु स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठको टाउकोमा गम्भीरचोट लागेको छ ।

घटनामा ३ ओटा मोटरसाइकल क्षतक्षित भएको छ । नेकपा माओवादी केन्द्रका नेता बुद्ध गुरुङको नेतृत्वमा घटना भएकोले आरोपितहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने नेकपा एमाले जिल्ला सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।