प्रहरीले रोक्यो आचारसंहिता विपरीत कार्य गर्नेलाई


हेटौंडा । 

हेटौंडा उपमहानगरपलिका–७ मा मोटरसाइकल -यालीमा सहभागी चालकहरुले हरियो रंगको टिसर्ट लगाउँदा मकवानपुर प्रहरीले रोकेको छ । प्रहरीले निर्वाचन आचारसंहिताविपरीत -यालीमा एकै रंगको टिसर्ट लगाएको भन्दै सर्ट खोल्न लगाएको थियोे ।

रिब ५० जना प्रहरी टोलीले आचारसंहिताविपरीत -यालीमा सहभागीले लगाएको हरियो रंगको टिसर्ट खोल्न लगाएको प्रहरीले बताएको छ । प्रहरीले टिसर्ट खोल्न लगाएपछि कतिपय कार्यकर्ता विहान करिब १० बजे भित्रीवस्त्रमै -यालीमा घुमेको प्रत्यक्षदर्शीको भनाइ छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको करिब ५० जना प्रहरी टोलीले -यालीमा हस्तक्षेप गरेको थियो ।चुनावी कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको उजुरी परेपछि प्रहरीले आचारसंहिताविपरीत एकै रंगका टिसर्ट लगाएर मोटरसाइकल -यालीमा हिँड्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँले राजनीतिक दलहरुको चुनावी अभियानमा हिँड्न छुट भएको तर निर्वाचन आचारसंहिता उल्लंघन गरी हिँड्न कसैलाई छुट नभएको भन्दै सबै दललाई आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरमा प्रायः सबै दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आएका छन् ।

त्यस्तै, हेटौंडा–७ मा निर्वाचन आचारसंहितविपरीत सार्वजनिकस्थलमा पार्टीको झण्डा राखेकोमा प्रहरीले हटाएको छ । आचारसंहित उल्लंघन गर्दै विद्युत् प्राधिकरणको पोल, वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र नागस्वतीको पर्खालमा पार्टीको झण्डा राखेको पाइएको हो ।
यसअघि हेटौंडा–५ मा नेपाल विद्युत् प्राधिकरणको पोलमा झण्डा तथा पर्चा टाँसेको पाइएको थियो ।

निर्वाचन आचारसंहिताविपरीत सार्वजनिकस्थलमा कुनै राजनीतिक दलले झण्डा झुन्ड्याउन पाउँदैनन् । हेटौंडा–५ मा पोलमा राखिएको झण्डा निर्वाचन आयोगको कार्यालयको निर्देशनमा प्रहरीले हटाउन लगाएको थियो ।