विभिन्न दल त्यागेर एमालेमा प्रवेश


धादिङ ।

विभिन्न पार्टी परित्याग गरी युवाहरू नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । गोलाभन्ज्याङदेखि चामभन्ज्याङ हुँदै नीलकण्ठ नगरपालिका वडा नं ११ को सिम्ले ज्यामरुङसम्म मोटरसाइकल -यालीसहित भएको कोणसभामा कांग्रेस र माओवादी परित्याग गरी २५ जना युवाहरू एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका भ्रातृसंगठनका नेताहरू गठबन्धन गरेर देशलाई विकासमा पछि पार्न खोजेको भन्दै युवाहरू एमालेमा समाहित भएको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य डा. रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिकाका नेकपा एमाले उम्मेदवार गंगादेवी श्रेष्ठलगायतले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभएको थियो ।