औषधि र पढाई निःशुल्क गर्छु : मनमोहन चौधरी


मेयर पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, लुम्बिनी सांस्कृतीक नगरपालिका गौतमबुद्धको जन्मभूमीमा रहेको लुम्बिनी, लुम्बिनीकै समिपमा रहेको लुम्बिनी साँस्कृतीक नरपालिका । संघीयता स्थापना संगै नगरमा स्वतन्त्र उमेद्वारी दिएर निर्वाचित भएका मनमोहन अधिकारीले ५ बर्ष नगरपालिकाको नेतृत्व गरे ।नगरपालिका मेयरमा निर्वाचित भएपश्चित उनले विकासका निर्माणका विभिन्न काम पुरा गरेका छन् । अन्तराष्ट्रिय भगनी सम्बन्धी स्थापना देखि लिएर नगरपालिका गाउँ देखि गाउँ जोड्ने सडक निर्माण समेत पुरा गरेका छन् । आगामी स्थानिय तह निर्वाचनमा समेत पुनः उम्मेदवार बनेका उनले आफुले सुरुवात गरेका योजना पुरा गर्ने धोको राखेका छन् । साविक भगवानपुर गाविस हुँदा समेत स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका उनले जिल्ला समन्व्य समितिको सदस्य चुनावमा समेत जितेका थिए उनी उम्मेदवार मनमोहन चौधरी संग गरिएको कुराकानी ।

जितको आधार के हो ?

विगत लामो समय देखि मैले जनताको चाहान बुझेको छु, जनताको मनमा उहाँहरुको आवश्यकता के हो भन्ने विषयमा जानकारी मलाई छ, पहिला पनि स्वतन्त्र उम्मेदवारको रुपमा अगाडी बढेर मैले चुनाव जितेको हुँ, त्यसकारण यो पटक पनि चुवा जित्नेमा म ढुक्क छु । खासगरी विगत ५ बर्ष सम्म नगरपालिकामा नेतृत्व गरेको कारण यहाँ धरै विकास निर्माणका काम भएका छन् । जसले गर्दा पनि मेरो जित हुनेछ भन्ने मेरो आधारशिला यहि हो ।

जितपछिको योजना के छ ?

–खासमा जित पछिको योजना भन्दा पनि हामीले सुरुवात गरेका विभिन्न विकास निर्माणका योजानहरु रहेका छन् । हामीले शिक्षा र स्वाथ्य लाई निःशुल्क हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । हामीले लुम्बिनी विकास कोष र नगरपालिका स्थानिय सरकारका विचमा पदेन सदस्यको रुपमा राख्नुपर्दछ भन्ने विषय उठान गरेका छौं । जसको माग संवोधन गरेको छ । यसलाई हामी नगरपालिका र विकास कोषको विचमा सहकार्यलाई अगाडी बढाउने छाैं । हामीले १०० बेडको अस्पताल बनाउने योजना बनाएका छौं, जसलाई पुरा गर्ने छौ । हामी यसमा कुनै पनि विरामीको उपचार निःशुल्क गर्ने गरी योजना बनाएका छौ । त्यसलाई हामी स्थानिय सरकारले नै सञ्चालन गर्ने छौं । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएको कारण शिक्षामा पनि हामीले छात्रा आवशिय कार्यक्रम गर्ने छौ ।

तपाईंलाई किन भोट दिने ?

१३ नम्बरको वडामा रहेको लुम्बिनी ग्लोवल पार्क बनाएर हामीले लुम्बिनीमा आएको पर्यटकलाई पार्कमा तान्ने योजना रहेको छ । हामी रामजानकी ऐतिहासिक मन्दिर समेत निर्माण गरेका छौं, जहाँ पनि पर्यटक तान्नको लागि पनि विशेष योगदान दिने छ । पहिला म स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जितेको हुँ, केही समय पहिला जसपा र लोसपा एउटै पार्टी हुँदा म जसपा थिए, अहिले लोसपामा छु, लोसपाले समाज परिर्वतनको मुख्य एजेण्डा बोकेको छ, त्यसकारण पनि मलाई भोट दिनुहुन्छ भन्ने मलाई लागेको छ ।

प्रमुख प्राथमिकताका क्षेत्र के हुन ?

हामीले लुम्बिनी सास्कृती नगरपालिका र लुम्बिनी विकास कोषका विचमा भएको नकरात्मक अवश्सालाई सधैको लागि अन्त्य गर्ने छौ । यसको अलवा दवाई र पढाई निःशुल्क गर्ने छौँ । यो मेरो पहिलो प्रथमिकता क्षेत्र हो । यस्तै हामीले सुरुवात गरेका विभिन्न विकासका योजना, बाटो घाटो, सडक, गाउँले गाउँलाई जोड्ने योजना अझै केही बाँकी रहेका भए त्यो पुरा गर्ने, स्वच्छ पानी, सडक पुर्वाधार निर्माण, पुल पुलेको कल्र्भट लगायतका विकास निर्माणका काममा हामीले पुरा गर्ने छौ ।

जनताको साथले मलाई लुम्बिनी सांस्कृतीक नगरपालिकाको पुनः मेयर पदमा जिताउनेहुनेछ भन्ने मेरो अपेक्षा छ सबैलाई मत दिनको लागि म आग्रहगर्दछु, मैले ५ बर्ष सम्म गरेका काम को विषयमा जनतान नै मुल्यांकन कर्ता हुनुहुन्छ, उहाँले उचित मुल्यांकन गर्नुहुन्छ भन्ने मेरो मान्यता रहेको छ ।