वैष्णवी माता मन्दिरमा पूजापाठ र हवन


काठमाडौं ।

काठमाडौं महानगरपालिका–२० को मरु छ्वासपाखास्थित वैष्णवी माता मन्दिर स्थापना भएको एक दशक पूरा भएको अवसरमा मन्दिरमा शनिबार पूजापाठ र हवन गरियो ।

पूजा कार्यक्रममा वडाका जेष्ठ नागरिक, समाजसेवीलगायतको उपस्थिति रहेको थियो । मन्दिर व्यवस्थापन समितिका संयोजक डिल्लीराज खड्गीको संयोजकत्वमा पूजा र हवन भएको थियो । १० वर्षअघि ९२ वर्षीय गोपीलक्ष्मी प्रधानबाट शिलान्यास गरिएको उक्त मन्दिरको समुद्घाटन जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले गर्नुभएको थियो ।

मन्दिरमा वैष्णवी माताका साथै अन्य देवदेवी र हनुमानको मूर्ति राखिएका छन् । मन्दिर स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको बारेमा जानकारी गराउँदै संयोजक खड्गीले यस क्षेत्रका ऐतिहासिक मन्दिरलाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो ।