विश्वकपको लागि ३० लाख टिकटको माग


लन्डन  । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा हुने विश्वकप फाइनलको लागि ३० लाख टिकटको माग पाएको छ । यस्तै, समूह चरणमा केही ठूला टोलीबीच हुने खेलको लागि पनि टिकटको माग गरिएको छ ।

फिफाको अनुसार २६ नोभेम्बरमा ८० हजार दर्शक क्षमता भएको लुसेल रंगशालामा हुने खेलको लागि २५ लाख टिकट माग भएको छ । सो दिन अर्जेन्टिना र मेक्सिकोबीच खेल हुनेछ । यो खेलको एक दिन अगाव हुने अमेरिका र इंग्ल्यान्डबीच खेलको लागि १४ लाख दर्शकले हेर्न चाहेको बताइएको छ ।

विश्वकपको लागि टिकट विक्रीको दोस्रो चरणमा अमेरिका, इंग्ल्यान्ड र कतारबाट २० लाखभन्दा बढी टिकटको माग गरिएको हो । फाइनलको लागि ३० लाख टिकटको माग भइसकेको छ । जबकी अन्तर्राष्ट्रिय समर्थकहरुको लागि २०१८ फाइनलको तुलनामा यसको मूल्य ४६ प्रतिशतसम्म बढाएको छ ।

यसपटक नियमित मितिमा विश्वकप सञ्चालन हुने छैन । कतारमा आयोजना हुने भएको हुँदा मिति सारिएको छ २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकप नेपालको मौसमअनुसार पहिलोपटक जाडो याममा हुनेछ ।