चुनावी प्रचार फिजिकलदेखि डिजिटलसम्म



ताप्लेजुङ । 

स्थानीय तहको निर्वाचन अबको केही दिनमात्र बाँकी छ । तर, अहिले चुनावी प्रचार–प्रसारका सामग्रीले सामाजिक सञ्जाल भरिएको छ ।
विगत २०७४ सालसम्ममा निर्वाचनमा गाउँदेखि शहरसम्म र टोल–टोलमा चुनावी प्रचार सामग्रीले भरिएको हुन्थ्यो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा रहेको बिजुली र टेलिफोनको पोलहरुमा चुनावी प्रचार पप्लेटहरुले भरिन्थ्यो । खाली भित्ताहरुमा उम्मेदवारको तस्वीरले भएको पर्चाले भरिएको हुन्थ्यो । एक प्रकारले बजार नै कुरूपतामा रूपान्तरण हुन्थ्यो । चुनावी समयमा गाउँ–गाउँमा आफ्नो चुनाव चिह्न अंकित टिसर्ट तथा टोपी लगाउने जताततै भेटिन्थे ।

तर, आजभोलि न गाउँमा पर्चा पम्प्लेट देखिन्छन्, न त चुनाव चिह्न अंकित टिसर्ट र टोपी लगाउने नेता–कार्यकर्ता नै भेटिन्छन् । विगतका निर्वाचन जस्ता ताप्लेजुङको सदरमुकाम कुरूप भएको छैन । गाउँ–गाउँ र टोल–टोलमा पर्चा पोस्टर टाँसिएको पाइन्दैन । विगतका निर्वाचनमा चोक–चोकहरुको चौतारा, वरपीपलमा पर्चा पम्प्लेटले भरिन्थो तर आजभोलि वरपीपलमा पर्चा पम्प्लेट टाँसिएको छैन ।
यता, सामाजिक सञ्जालहरुमा भने चुनावी प्रचारप्रसार सामग्रीले भरिभराउ भएको छ । उम्मेदवारीहरुको पर्चा पम्प्लेट, चुनावी घोषणापत्र, चुनावी प्रतिबद्धतापत्रले अहिले सामाजिक सञ्जाल भरिएको छ ।

उम्मेदवारहरुले सामाजिक सञ्जालमा श्रव्य सामग्री र श्रव्यदृश्य सामग्री (मल्टिमिडिया (भिडियो) अडियोमार्फ आ–आफ्नो घोषणापत्र सर्वजानिक गरेर आफ्नो मतदातासम्म पु-याने काम गर्दै आएको छ ।) त्यति मात्र नभएर उम्मेदवारीहरुले पर्चा पम्प्लेट, पोस्टर तथा भिडियो अडियोमार्फत भोट माग्ने काम गर्दै आएका छन् ।निर्वाचन नजिकिँदै गर्दा घरदैलो अभियानलाई पनि तीव्रता दिएको पाइन्छ । मतदाताहरुको घर–घरमा गएर हात जोडेर नमस्कार गर्दै भोट माग्न घर दौलो अभियान चलाउन गाउँ–गाउँमा उम्मेदवार तथा नेता–कार्यकर्ता पुगेका छन् । टोल–टोलमा चुनावी आमसभा हुँदै आएको छ । गाउँ–गाउँका ठूलो संख्याको समूहमा उम्मेदवार तथा नेता–कार्यकता मतदाताको घर तथा खेतबारीमै पुगेर मतदाता आकर्षिक गर्न शक्ति प्रदर्शन गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् ।

एक सातादेखि फूलमाया (नाम परिर्वन) को सामाजिक सञ्जालमा व्यस्तता बढेको छ । उहाँले टिकटक बनाउने, फेसबुक पेज, स्टाग्रमका लागि भिडियो बनाउने र अप्लोड गर्ने जिम्मेवारी पाएकाले सामाजिक सञ्जालमा उहाँको व्यस्तता बढेको हो । दैनिक चुनाव प्रचार–प्रसारको भिडियो बनाउने र अप्लोड गर्ने साथै विभिन्न ग्रुरुपमा शेयर गर्नमा भ्याई–नभ्याई छ । उहाँ मात्र होइन ताप्लेजुङको राजनीतिक दलहरुले डिजिडल प्रविधिमार्फत चुनाव प्रचार–प्रचार गर्नका लागि चारदेखि सात जनासम्म दैनिकरूपमा खटाएका छन् ।

स्रोतका अनुसार उम्मेदारहरुको भिडियो क्लिप बनाउने, सम्पादन गर्ने, डिजिडल प्रचार–प्रसार गर्नका लागि पर्चा पम्प्लेट डिजाइन गर्न ग्राफिक डिजाइन, भाषा सम्पादान जस्ता दक्ष जनशक्ति परिचालन हुर्दै आएको स्रोतले जनाएको छ ।उता, चिर्वाचन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने भनेको छ । सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता अल्लङ्घन भए- नभएको निगरानी गर्नका लागि एक टोलीसमेत परिचालन गरेको छ । कुनै राजनीतिक दलले आचारसंहिता उल्लङ्घन गरेको पाएमा त्यस्तो उम्मेदवारीको उम्मेदवारी नै रद्द गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्