खाकासहित कार्यक्रम गर्ने लोहनीको प्रतिबद्धता

0
Shares

धादिङ ।

विकास कसरी गर्नुपर्छ भन्ने सामाजिक क्षेत्रमा गरेको एक दशकको कामले सिकाइसकेको छ– ग्वालामुखी गाउँपालिका–७ निवासी ५१ वर्षीय हरिराम लोहनीलाई । उहाँ गाउँमा टुरिस्टका रूपमा आउने उम्मेदवारभन्दा फरक हुनुहुन्छ ।

जनताको सामिप्यमा निरन्तर रहेका लोहनीलाई नेकपा एमालेले ज्वालामुखी गाउँपालका अध्यक्षको उम्मेदवार बनाएको छ । हातमा प्रतिबद्धतापत्रसहित मतदाता भेटघाटमा व्यस्त लोहनी यसअघि योजना निर्माण त्यसपछिको कार्यक्रम कार्यान्वयन चरणमा काम गरिसकेको आशा लाग्दा उम्मेदवार हुनुहुन्छ । ब्याचलरसम्मको अध्ययन गर्नुभएका उहाँ ज्वालामुखीको टोल–टोलमा कसरी विकास गनृ सकिन्छ भनेर आफू पदमा नहुँदा समेत हिँड्नुभएको थियो ।

पालिकामा रिङरोड बनाउने, वडास्तरको सडक पिच गर्ने, सडकहरुको स्तरोन्नति गर्ने, एक गाउँ एक पकेट क्षेत्र बनाई कृषि उत्पादनलाई कृषि एम्बुलेन्समार्फत बजार पु¥याने, उत्पदानका आधारमा राहत र कृषि प्रवद्र्धन गर्ने कुरा लोहनीले प्रतिवद्धतापत्रमा उल्लेख गर्नुभएको छ । एक वडा एक एम्बुलेन्स, प्राविधिक शिक्षालय सञ्चालन, अंग्रेजी माध्यमबाट पढाइ, बुढीगण्डकी प्रभावितलाई व्यवस्थापन गरी गाउँमै राख्ने, सुकुम्बासीलाई पालिकाले जग्गा र घर व्यवस्था गर्ने, वृद्धहरुलाई सामुदायिक विश्रामस्थल बनाउनेलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना लोहनीको छ ।

२०४५-०४६ को जनआन्दोल र विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा संलग्न भएका लोहनीको सामान्य जीवनशैली छ । उहाँले २०४७ मा शंकरदेव क्याम्पसमा अध्ययन थालेपछि सक्रिय रूपमा संगठनमा आबद्ध भएर राजनीति गर्नुभएको थियो । २०५३ सालमा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएका नेता लोहनी निरन्तर अविचलितरूपमा पार्टी निर्माणमा सक्रिय हुनुहुन्छ ।

२०५८ प्ररायुसंघ जिल्ला कमिटी सदस्य, २०६५ देखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका लोहनी २०७८ मा भएको अधिवेशनबाट उपसचिव निर्वाचित हुनुभएको थियो । २०६२-६३ को जनआन्दोलनमा घाइते भएका उहाँ द्वन्द्वकालमा जनता र युद्धरत पक्षसँगको समन्वयमा शान्तिका लागि क्रियाशील हुनुभएको थियो । एउटा स्पष्टवक्ता लोहनीले ज्वालामुखी गाउँपालिकामा गर्न सकिने विकासको अवधारणालाई प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्नुभएको छ ।