एमालेद्वारा २१ जना नेता कार्यकर्तामाथि कारबाही

0
Shares

बुटवल ।

नेकपा एमालेले रूपन्देहीका १५ जना र लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । रूपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएका सहित १५ जनालाई साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गरेको छ ।

एमाले पार्टीको निर्णयविरुद्ध लागेको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश र जिल्ला कमिटीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कारबाहीको जानकारी गराएका छन् ।

पार्टीको कारबाहीमा परेकाप्रदेश कमिटी सदस्यहरूमा रूपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव,कपिलवस्तुका कुमार बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरूङ रहेका छन् । यस्तै, पार्टीबाट टिकट नपाएपछि उनीहरूले वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जसमा देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ, वडा नम्बर ५ का तोलराज विक, वडा नम्बर ७का पदम थापा, ओमसतिया गाउँपालिका वडा नम्बर २ का इन्द्रजित यादव, वडा नम्बर ४ का बेचुराम जैयसवाल र वडा नम्बर ४ का रामशंकर चाई रहेका छन् ।

यस्तै, रोहिणी गाउँपालिका वडा नम्बर १ का अनिता हरिजन, २ का कान्छा कोहार, ४ का नन्दकिशोर कुर्मी, ५ का पशुपतिनाथ यादव, बुटवल उपमहानगरपालिका वडा नम्बर १६ की बबिता आचार्य, सियारी गाउँपालिका वडा नम्बर ४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका– ६ का नरेन्द्रप्रताप सिँह, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का हरी पाण्डे र ५ का हरि पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिनुभएको छ ।उम्मेदवारी दिएका सबैलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएपनि उहाँहरूले अस्वीकार गरेपछि पार्टीले कारबाही गरेको पार्टीले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।