पाँचखालमा एमालेको प्रतिवद्धता बिपन्न परिवारलाई निशुल्क विजुली

0
Shares

काभ्रे  । 

नेकपा एमाले पाँचखालले आगामी निर्वाचनबाट पार्टीका उम्मेदवारहरु विजयी भए नागरिकहरुलाई विजुली बत्ति, सम्पति करमा छुट दिदै ब्यवसायका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘आय स्तर कम भएका गरिव, दलित, सुकुम्बासीहरुको घरमा बालेको २० युनिटसम्मको रकम नगरपालिकाले तिरिदिनेछ’–प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले भन्नुभयो–‘भू–उपयोग नीति तर्जु्मा गरी कार्यान्वयन गरिनेछ ।’

पाँचखाल नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले निवर्तमान मेयर महेश खरेल एमालेले गरेको काम देखाएर सेलिब्रेटी बनेको बताए । स्थानीय निर्वाचनका लागि प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै अधिकारीले झुटा प्रचार गरेर खरेलले जनतामा भ्रम छरेको बताए । पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा भएको स्थानीय तहको पाँच वर्षे नेतृत्व उपलब्धिमुलक हुन नसकेको एमालेको निष्कर्ष छ ।

हचुवाका भरमा बजेट विनियोजन, टुक्रे योजनामा प्राथमिकता, नगरपरिषद्को निर्णय अवहेलना, अनुत्पादक क्षेत्रमा लगानी निवर्तमान मेयर खरेलको प्राथमिकतामा परेको एमालेको मेयरका उम्मेदवार अधिकारीको भनाई छ । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, एमालेका स्थानीय नेता कार्यकर्ताको पहलमा भएको कामलाई समेत खरेलले आफुले गरेको भनेर गलत प्रचार गरेको उनले बताएका छन् ।

नेकपा एमालेको पहलमा मदनभण्डारी बहुप्राविधिक विश्वविद्यालय स्थापना, सुनकोशी इन्द्रावती खानेपानीको सुरुवात, विशेष आर्थिक क्षेत्रको कार्यान्वयन, ताथली रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययन, इन्द्रावती पाँचखाल लिफ्टीङ सिँचाई सम्भाव्यता अध्ययन लगायतका महत्वपुर्ण आयोजना अघि बढेको अधिकारीले बताए ।

यी आयोजनालाई पुर्णता दिन तथा सहज सेवा प्रवाहका लागि पनि एमालेले जित्च्नु आवश्यक रहेको उनले बताए । आफु निर्वाचित भएपछि भु–उपयोग नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, पाँचखाललाई व्यवस्थित शहरको रुपमा विकास गर्ने, सबै वडा कार्यालयसम्म सडक कालोपत्रे गर्ने र मुख्य सडकलाई क्रमश कालोपत्रे गर्ने अति विपन्न नागरिकलाई बिजूली अनुदान दिने प्रतिवद्धता जनाएका छन् ।

यस्तै हाम्रो गाउँः हामी बनाउँछौं कार्यक्रम सञ्चादन गर्ने, कृषियोग्य भुमिका सिाचाईको व्यवस्था मिलाउने, गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने समेत उनको भनाई छ । यस्तै उप–प्रमुख पदकी उम्मेदवार सुर्यमाया दनुवारले कला संस्कृति तथा पुरातात्विक सम्पदाको संरक्षण, महिला, बालबालिका, दलित, अपांगता भएका व्यत्तिहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् ।