सप्तरीमा बन्दुक देखाएर लुटपाट


राजविराज   । 

सप्तरीमा बन्दुक देखाएर लाखौंको लुटपाट भएको छ ।नकावधारीको एक समूहले बन्दुक देखाएर को शुरूङ्गा नगरपालिका–७ स्थित मिथिलेश मिश्रको घरबाट ६ लाख मूल्य बराबरको गरगहना लुटेर लगेका छन् ।

मास्क र कपडाले मुख छोपेर आएका ६÷७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको बताइएको छ । घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभएको छ ।
‘चोरी भएको कुरा आइरहेको छ, त्यहाँ हामीले टोली खटाएका छौँ र के कसरी घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो–‘केही गरगहना लगेको कुरा आइरहेको छ, हामले अनुसन्धान गर्दैछौं ।’