काठमाडौंको म्हेपीबाट १२ लाख नगद र सुनका गरगहना चोरी

0
Shares

काठमाडौं ।

काठमाडौं १७ स्थित म्हेपीबाट गरगहना र नगद गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ ।

म्हेपीस्थित एक घरमा हिजो (मंगलबार) साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

सिन्भुपाल्चोक बाह्रबिसे नगरपालिका २ घर भएकी महिलाको डेरामा चोरी भएको हो ।

१२ लाख ५० हजार रुपैयाँ र सुनका गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको हो ।