उम्मेदवारी फिर्ता गर्न पाँच दलका शीर्ष नेताहरुद्धारा सात निर्णय

0
Shares

काठमाडौं ।

पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले चुनावी तालमेलका लागि आज (बुधबार) सात बुँदे निर्णय गरेका छन् ।

बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय गरेको छ ।

केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने अर्को निर्णय भएको छ ।