कांग्रेसको पहिचान बेच्न सक्दिन त्यसैले स्वतन्त्र उठे : ऋषिराम

0
Shares

पोखरा ।

पोखरा महानगरपालिकाको मेयरमा २८ जनाले उम्मेवदारी दर्ता गराएका छन् । ती २८ जना मध्येका एक हुन् ऋषिराम सापकोटा । पोखरा महानगरपालिकामा उनले वागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसले रुख चिन्ह नै बेचेको आरोप लगाउँदै उनले आफुले रुख बाहेक अन्त भोट हाल्न नसक्ने प्रतिक्रिया दिदैँ स्वतन्त्र उम्मेदवारी दिएको बताए । मंगलबार घोषणापत्र सार्वजानिक गर्दै उनले आफु कांग्रेस नछाड्ने तर प्रवित्तिको विरुद्धमा डटेरै लड्ने बताए ।

‘मेरो मेयरमा उठ्नुको कारण नै कांग्रेस हो । मैले रुख बाहेक अन्त मत दिन सक्दिन् । चारतारेको परिचय बनाएको मैले कसरी कलममा मत हालु ? उनले भने,‘हामी चारतारेका कार्यकर्ता हौ नेताको दास होइनौ ।’शेरबहादुर देउवा प्रति खनिदैँ उनले आफु र देउवाको राजनीति उमेर एकै रहेको सुनाए । उनले देउवाका कारण कांग्रेसका कार्यकर्ताले आफ्नो पहिचान गुमाउन बाध्य भएको बताए । ‘मैले कांग्रेसका लागि करोडौं गुमाएर संस्था जोगाएको छु । राजनीतिको उमेर मेरो र देउवा जी को एकै हो । भलै वहाँ प्रधानमन्त्री हुनुभयो म एक सिपाही’ उनले थपेँ,‘हामी नेताको रैती होइन कार्यकर्ता भएर बाच्नुपर्छ ।’

आफु स्वतन्त्र उम्मेदवारी दिएपनि उनले कांग्रेसको झण्डालाई लाई समेत अगाँल्दै ‘मेरो बुबाको नाम मैले सद्यैँ लेख्छु । त्यसरी नै कांग्रेसको झण्डापनि त्यागदिन । मलाई थाहा छ मैले रुख चिन्ह पाउँदिन तर चारतारे छाडदिन ।’त्यतिमात्र होइन उनले कांग्रेसको घोषणापत्र विपरीत जादैँ आफ्नो घोषणापत्रमा पोखरामा पनि घण्टाघर र पोखरा टावर बनाउने बताएका छन् । उनको घोषणापत्रमा लेखिएको छ ‘महानगरपालिकामा एउटा विशाल घण्टाघर र सम्पूर्ण पोखराको दृश्यवालोकनका लागि र पर्यटक आकषर्णका लागि कम्तिमा १०० फिटको पोखरा टावर निमार्ण ।’

उनको घोषणापत्रमा फेवाताल, बेगनासताल, रुपातालको डाँडामा केबलकार निमार्णगर्ने देखी शिक्षा,स्वास्थ्य तथा धार्मिक पर्यटन प्रबद्र्धन गर्नेसम्मका विषयहरु रहेका छन् । उनले ३५ बुदे घोषणापत्र सार्वजानिक गरेका हुन् । सापकोटा २०५२ सालमा नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिको कोषाध्यक्ष हुन् । उनी पोखराका उद्योगी, व्यापारी, व्यवसायी समेत हुन् ।

पोखराको मेयरमा २८ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी

पोखरा महानगरपालिकाको प्रमुखका लागि २८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यालय कास्कीका अनुसार महानगर प्रमुखको मनोनयन दर्ता गर्नेमा १९ जनाले विभिन्न दलबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये १० वटा विभिन्न राजनीतिक दलबाट छन् भने एक जना स्वतन्त्र छिन् ।महानगर प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएका थिए । जसमध्ये नेपाली कांग्रेसबाट प्रमुखमा ३ जनाको बागी उम्मेदवार परेको छ ।

प्रमुखमा
कृष्णबहादुर थापा (एमाले),
धनराज आचार्य (गठबन्धन, नेकपा एस)
शंकर खराल (राप्रपा),
गोविन्द गुरूङ (राप्रपा नेपाल),
भोजराज खनाल (सचेत नेपाली),
प्रेमप्रसाद गुरूङ (मंगोल नेसनल अर्गनाइजेसन),
सञ्जय तिमिल्सिना (मौलिक जरोकिलो),
मुक्तिनाथ सुवेदी (नेपाली जनता),
मुना बाँनिया (आमूल परिवर्तन मसिहा),
आशिष थापा (उन्नत लोकतन्त्र),
भोजराज त्रिपाठी (नेकपा माओवादी समाजवादी),
शरणसिंह मोक्तान (पुरूष जनमत),
रनबहादुर दमै (देशभक्त समाज),
रोशनी बाँककनिया (नेपालका लागि नेपाली),
गोविन्दप्रसाद शर्मा (नेकपा समाजवादी)

स्वतन्त्र उम्मेदवारी
खडकराज पौडेल (गनेश),
विमलबहादुर कार्की,
डिलबहादुर गुरूङ,
नवराज बाँस्तोला,
किसानसिंह गुरूङ,
नन्दप्रसाद तिवारी,
रामराज अधिकारी,
अनिलकुमार राई,
सुनीलबहादुर कोइराला,
ऋषिराम सापकोटा

उपप्रमुख
मञ्जुदेवी गुरूङ (एमाले),
कोपिला रानाभाट (गठबन्धन–कांग्रेस),
रञ्जनाकुमारी सेन पौडेल (राप्रपा),
शीतला थापा (नेकपा समाजवादी),
रामबहादुर तामाङ (मंगोल नेसनल),
चिना दवाडी (राप्रपा नेपाल),
पदमबहादुर गुरूङ (आमूल परिवर्तन मसिहा),
इन्द्र सुनार (नेकपा माओवादी समाजवादी),
सोममाया विक (स्वतन्त्र)