लाखौ डलर र सुन घुस लिएको आरोपमा सान सुकीलाई पाँच वर्ष जेल सवाय



एजेन्सी ।

रस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो।

यसअघि उनलाई गैरकानुनी रूपमा वाकीटकी राखेको भन्दै चार वर्ष जेल सजाय सुनाइएको थियो ।

त्यसअघि सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड(१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

२०२१को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ ।

सुकीविरूद्ध सेनाले १७ वटा आपराधिक मुद्दा दायर गरेको छ । अदालतबाट ती सबैमा मुद्दामा दोषी ठहरिन भने सुकीले १६३ वर्षको कैद सजाय पाउन सक्छिन् ।

सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले बहुमत ल्याएको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो । आफूले निष्पक्ष चुनाव गराउने सेनाको भनाइ थियो ।

सेनाले कू गरेपछि नागरिले सैनिक शासनको प्रतिरोध गरिरहेका छन् । प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म कम्तीमा १८ सय मानिस मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्