मोटरसाईकल चोरी गर्ने एक पक्राउ



काठमाडौं ।

काठमाडाैं तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाईटबाट मोटरसाईकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडाैं लोलाङ बस्ने २६ बर्षीय सुदास लामालाई मोटरसाइकलसहित पक्राउ गरेकाे कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर नम्वर बागमति प्रदेश ०२-०२५ प १०१० रहेको खुल्न आएको छ । उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा न. ८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए ।पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारवाहीका लागी प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियानट्राफिक कार्यालयले चलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्