सोलुदूधकुण्ड नगरपालिका प्रमुखको उम्मेदवार आङकाजी शेर्पा

0
Shares

सोलुखुम्बु ।

जिल्लाको एकमात्र सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखमा आङकाजी शेर्पाको उम्मेदवारी परेको छ ।

उनले केही दिनअघि नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । आङकाजी एमालेमा प्रवेश गरेपछि नगरपालिकाको प्रमुखको उम्मेदवारी बनेका हुन् ।

उनी २०७४ को स्थानीय तह निर्वाचनमा उक्त नगरपालिकाको प्रमुख पदको आकांक्षी थिए । तथापि कांग्रेसले नाम्गेल जाङबु शेर्पालाई नगरप्रमुखको उम्मेदवार बनाएपछि उनी पछि हटेका थिए ।

यसपटक कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेपछि एमालेबाटै सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका छन् । आङकाजी शेर्पा युवा उद्यमी तथा पर्यटन व्यवसायी पनि हुन् ।