चुनावी घोषणापत्रमा एमालेले गरेको टिप्पणीविरुद्ध कांग्रेसले पत्रकार सम्मेलन गर्दै

0
Shares

काठमाडौं ।

प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।

एमालेले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीविरुद्ध पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज .बुधबारं पत्रकार सम्मेलन गर्न लागेका हुन् । थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने बताएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचकीय टिप्पणी गरेका थिए ।

त्यस्तै केही दिनअघि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छने ।