ग्यालेक्सीका नयाँ उत्पादन बजारमा


काठमाडौं (नेस) ।

नयाँ ग्यालेक्सी ‘ए’ सिरिजले अत्यन्त लोकप्रिय स्मार्टफोन समूह, नवीनतम ग्यालेक्सी आविष्कारको लोकतान्त्रीकरणको अगुवाइ गर्दै आएको छ ।सामसङ इलेक्ट्रोनिक्सले पत्रकार सम्मेलन गरी एक विशिष्ट मूल्यमा समग्र मोबाइलको अनुभव प्रदान गर्दै नवीनतम ग्यालेक्सी आविष्कारको पूरा प्याकेज प्रदान गर्ने जानकारी गराएको छ ।

यी नवीन उत्पादनको अनावरण सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो । अनावरणपश्चात् स्थापितले मोबाइलको बारेमा जानकारी गराउनुभएको थियो ।

ग्यालेक्सी ए सिरिज बिल्कुलै नयाँ प्रोसेसरद्वारा पावर्ड गरिएको छ भने ग्यालेक्सीको पहिचान ओआईएसयुक्त एआई क्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आईपी ६७ रेटिङ्ग र धेरै समय चल्ने ब्याट्री जडित रहेको कम्पनीले जनाएको छ ।